रामचन्द्रले ओलीलाई भेटेर भने - संसदको 'डेढलक' हटाउनुहोस्

सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । बुधबार साँझ बालकोट पुगेर नेता पौडेलले अध्यक्ष शर्मालाई भेटेका हुन् ।

भेटमा नेता पौडेलले संसद खुलाउन अध्यक्ष ओलीसँग आग्रह गरेका छन् । नेता  पौडेलका प्रेस संयोजक खिला कार्की संसद र न्यायालयमा देखिएको अवरोध खुलाउने बारे दुवै नेताबीच कुराकानी भएको फरकधारलाई बताए ।

नेता पौडेलले ओलीलाई भनेको कुरा उद्धृत गर्दै उनले भने, 'संसदको डेढलक हटाउन पर्यो । संसद पनि डेढलक भयो, न्यायालय पनि डेढ लक भयो । कोटले पनि काम गर्न सकेको छैन । संसदले पनि काम गर्न सकेको छैन । राज्यका दुईवटा अंग डेढलक भए । त्यो हुँदा राज्य नै डेढ लक छ । यत्रो परिवर्तन गरेर लिएर आयौँ हामीले अनि यसरी डेढ लक हुँदा खेरी आम नागरिकको पोल्टिक्स र व्यवस्था प्रति वितिष्णा बढ्छ ।'

नेता पौडेलले संसद न्यायालय अवरुद्ध हुँदा जनताको राजनीति दल र नेताहरू पनि वितिष्णा बताएका थिए । अवरोध हटाउन के-के विकल्प सोच्ने हो छलफल गर्न ओलीलाई उनले आग्रह गरेका थिए ।

'तपाईं हामी प्रति वितिष्णा बढ्छ । राजनीति दल र नेताहरू पनि वितिष्णा बढ्छ' उनले भनेका थिए ।

भेटमा ओलीले भने आफ्ना बारेमा कुरा गरेका थिए । उनले सभामुखलाई हटाउन र माधव नेपाललाई कारबाही गर्नुपर्ने बताएका थिए ।





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १९:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया