कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही २८ पुसमा बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभा बैठक बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि गत १४ मंसिरमा मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।