गठबन्धनवालाहरू संविधानतः अध्यादेश ल्याउँदा घाँटी सुक्नेगरी कराउँथे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार हुँदा संविधानसंवत् ढंगले अध्यादेश ल्याउँदा गठबन्धनमा संलग्न पार्टीहरू माइतीघर मण्डलामा घाँटी सुक्नेगरी कराउने गरेको बताएका छन् ।

एमालेको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले भने, ‘पहिले पहिले यी गठबन्धनवालाहरू जनादेशबाट आएको सरकारको बेला जनताले नागरिकता नपाएर हैरान छ, विधेयक संसदमा पुगेर लत्याइदिएका छन् । समस्या समाधान गर्नका लागि संविधानसंवत् ढंगबाट अध्यादेश ल्यायो भने त्यो अध्यादेशको विरुद्धमा यिनीहरु घाँटी सुक्नेगरी कराउँथे । माइतीघर मण्डलामा जम्मा हुन्थे । चर्को हल्ला गर्थे । अदालतमा जान्थे ।’

अदालतप्रति आक्रोश पोख्दै ओलीले भने, ‘अदालतले किन मुद्दा जिताउँथ्यो तर जनताको समस्याप्रति हेरेर वा संविधान हेरेर फैसला गर्नेभन्दा प्रतिपक्षले मागेबमोजिम फैसला हुन्थ्यो ।’ ओलीले नेकपा एमालेले एक्लै चुनौती सामना गर्ने बताए ।

उनले एमालेलाई गठबन्धन नचाहिएको बताए । साथै, उनले आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेको परिणाम प्रतिकूल आउने स्वीकार गरेका छन् ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १३:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया