सत्ता गठबन्धनको काम जम्माजम्मी एमालेलाई सराप्ने छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन एमालेलाई सरापेर बसेको आरोप लगाएका छन् ।

काठमाडौंको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिलेको सत्ता गठबन्धन जम्माजम्मी एमालेलाई सरापेर बसेको छ । जम्माजम्मी उसको काम एमालेलाई सराप्ने ।’

सरकारमा गइसकेपछि देश बनाउनपर्ने काम हुनुपर्नेमा त्यो केही यो गठबन्धनले नगरेको उनको आरोप छ । उनले अघि भने, ‘सरकारमा गइसकेपछि त उसको काम देश बनाउनपर्ने हो । त्यता ध्यान छैन् । यो सरकारले देश विकास गर्ने चिन्तन पनि छैन, सोच पनि छैन् । यसका लागि परमादेश जारी गरेको पनि होइन । त्यसका लागि यसले काम गरेको पनि छैन ।’

साथै, उनले संसद र जनतालाई छक्याएर बाहिरबाटै प्रधानमन्त्री बनाइएको आरोप लगाए । ‘जनतालाई छक्क्याएर, संसदलाई छक्याएर संसदमा विषय नै नल्याइकन बाहिर बाहिरबाटै प्रधानमन्त्री बनाएर, प्रधानमन्त्री हटाएर सपथ ग्रहण गराएर संसदले पछि थाहा पायो । दुनियाँमा लोकतन्त्रमा यस्तो कहिँ हुँदैन,’ उनले अघि भने, ‘नेपालमा भयो । संसदका सभामुख पहिले नै निश्कासन गरिसकेका मान्छेहरुको निश्कासनको सूचना जारी नगरेर लुकाएर राखेर एमाले पार्टी फुटाउने षड्यन्त्रमा लागे । निश्पक्ष भूमिका खेल्नपर्ने सभामुख नै संसदलाई निकम्मा बनाउन लाग्छन् ।’





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १६:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया