आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने छाैं : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्यालाई प्राथमिकतालाई राखेर बजेट ल्याउने बताएका छन् ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्ताे बताएका हुन् ।

सामुदायिक वनमा विभिन्न किसिमका समस्या भएकाे र ती समस्या हल गर्न प्रदेश सरकार तयार रहेकाे मुख्यमन्त्री पाेखरेलकाे भनाइ छ ।

उनले भने,  ‘सामुदायिक वनमा विभिन्न खालका समस्या छन् । समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेकाे छ । आगामी दिनमा सामुदायिक वनका समस्या प्राथमिकतामा राखी बजेट ल्याउने छाैं ।’ 

प्रदेश सरकारले काेराेनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार सहयाेग गर्ने, बेसहारालाई मानवसेवा आश्रममा राख्नेलगायतका कामहरू अगाडि बढाएकाे मुख्यमन्त्री पाेखरेलले बताए ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ७:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया