जनकपुरधाममा जनमत पार्टीको किसान महार्‍याली प्रदर्शन

सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार जनकपुरधाममा किसान महार्‍याली प्रदर्शन गरेको छ । 

स्थानीय रामानन्द चोकबाट सुुरु भएको सो र्‍याली जिरोमाइल, विद्यापति चोक, भानु चोक हुँदै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 
र्‍यालीमा सहभागीले हलो, कोदालो, खुर्पा, बाँसका टोकरी, कुचो, झाडुलगायतका सामग्री बोकेका थिए । सहभागीले कृषिमन्त्री राजीनामा दे, किसानको माग सम्बोधन गर, प्रदेश सरकार र संघीय सरकार मुर्दाबाद लगायतका नारासमेत लगाएका थिए । 

कोणसभामा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुलले किसानको माग सम्बोधन गराउन शनिबारदेखि सरकारविरुद्ध हुने महाआन्दोलनमा सहभागिताका लागि अपिल गरेका थिए । 

उनले एसीमा बसेका बहिरा सरकारलाई किसानको समस्याबारे केही थाहा नरहेको र यिनीले आफूहरूको आन्दोलन भाँड्न लागिपरेकोले किसान विरोधी सरकारसँग आफ्नो अधिकारका लागि तयार रहन आग्रहसमेत गरे ।  

उपाध्यक्ष अब्बदुलले यो सरकारले किसानको समस्या समाधान नगरे सत्तामा बसेकाहरुलाई जनकारवाही गर्न सहभागीसँग अपिल गरे । 



पार्टीका जिल्ला सचिव विजय साहले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई र नेपाल सरकारलाई विभिन्न मागसहित ज्ञापनपत्रसमेत बुझाए । उनीहरूले ११ बुँदे मागसहितको ज्ञापनपत्र प्रजिअ पौडेलमार्फत नेपाल सरकारलाई बुझाएका हुन् । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइलगायतका मागसहित ज्ञापनपत्र बुझाइएको हो । 

ज्ञापनपत्रमा पक्राउ परेका आफ्ना जिल्ला अध्यक्ष सहितका नेता कार्यकर्ताको रिहाई र आन्दोलनमा घुसपैठ गरी गाडी जलाउनेलाई कारबाही नभए कडा आन्दोलनमा उत्रने र त्यसको जिम्मेवार नेपाल सरकार तथा स्थानीय प्रशासन स्वयं हुने चेतावनी दिइएको छ ।



  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार २०:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया