सञ्चारकर्मी अधिकारीको 'मायाले बोलेर’ गीतको म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी  प्रिया अधिकारीले नयाँ भिडियो गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक भिडियोमा मायाले बोलेर बोलको गीतमा सञ्चारकर्मी अधिकारीले अभिनय गरेकी हुन् ।

उक्त मायाले बोलेर म्युजिक भिडियोमा जगिलाल थापा जेल संर्घषको शब्द , विमल शेर्पाली र सम्झना भण्डारीको स्वरमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

यसमा मुख्य अभिनयको भूमिका सञ्चारकर्मी प्रिया अधिकारी, संगम पौड्याल, दिनेश पन्थी र सुरेन्द्र न्यौपानेको रहेको छ । 

यस म्युजिक भिडियोको छायांकन विमल भट्टराई , मीन रानाले गरेका छन् भने सो गीत लाई मीन रानाले सम्पादन गरेका हुन । गीतको माला श्री रेकडिङ स्टुडियोमा गरिएको अभिनयकर्ता प्रिया अधिकारीले बताइन् ।

म्युजिक भिडियो ‘मायाले बोलेर’ प्रिया अधिकारीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १९:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया