इलामको चिया उद्योगमा आगलागी, १० करोडको क्षति

इलामको एक चिया उद्योगमा आगलागी हुँदा १० करोडको क्षति भएको छ । सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखाना आगलागीबाट पूर्ण रूपमा नष्ट भएको छ ।

आगलागीबाट उद्योगमा रहेका दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हिटर मेसिन, पाँचवटा सर्टिङ मेसिन, २४ वटा वेदरिङ ट्रफ जलेर नष्ट भएको छ । 

उद्योगमा स्टक गरी राखिएको ८० हजार किलोभन्दा बढी तयारी चिया पनि जलेर नस्ट भएको इलाम टी प्रोडुसर्स प्रालिले जनाएको छ । आगलागीबाट कार्यालय भवन, स्टाफ क्वार्टर र जेनेरेटर रुमबाहेक सबै संरचना नष्ट भएको छ । 

दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट भवन, मेसिन उपकरण र तयारी चिया समेत गरेर १० करोड भन्दा बढीको क्षति भएको उद्योगको दाबी छ ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार २१:४६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया