जनताले अनुभूति गर्नेगरि काम गर्न यातायातमन्त्री दाहालको निर्देशन

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन् ।

'यातायातसम्बन्धी कामलाई  कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउनु' उनले भने, 'जनताले दु:ख पाए हामी आएको काम हुँदैन ।'

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रमको भर्चुअल माध्यमबाट निर्देशन दिदै मन्त्री दाहालले यातायात सेवामा बागमतीलाई मुलुककै नमुना बनाउने आफ्नो मुख्य कार्यभार रहेको स्पष्ट पारे ।

उनले एक काम भएको भन्दै जनताले अनुभूति गर्ने गरि काम गर्न  कार्यालय प्रमुखलाई निर्देशन दिए ।

'यातायात कार्यालयमा बिचौलियाको बिगबिगी बढेको जनगुनासो छ', उनले भने, 'अब त्यसलाई समाधान गर्दै तपाईंहरूले जनमैत्री  र सुशासन कायम गरि सेवा दिनुहोस् ।'

बागमतीमा भर्खर मात्रै श्रम रोजगार तथा यातायात मन्त्रीका रूपमा आएका दाहालले कारोना कहर बढेको भन्दै आम सेवाग्राहीको सहजता र आफ्नै सुरक्षाका लागि पनि यातायातका सेवा अनलाइन माध्यमबाट सञ्चालन गर्न थप निर्देशन दिएका थिए ।



'म कुनै पनि गुनासो सुन्न चाहान्न,' उनले भने, 'अब जनताले अनुभूति हुने गरि काम अगाडि नबढाए कार्वाही गर्नसमेत मपछि नहट्नेछैन ।'

मन्त्री दाहालले कार्यालयमा सेवाग्राहीको चाप कम गर्न ब्लुबुक नवीकरणलाई अनलाइन माध्यमबाट सञ्चालन गर्नुपर्ने भन्दै उक्त कार्यका लागि मन्त्रालयले आवश्यक समन्वय गर्न तयार रहेको भनाइ राखे ।



यसैगरि उनले  सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन विशेष जोड दिए ।

समीक्षा कार्यक्रममा आ.बा २०७८/०७९ को अर्धवार्षिक समयावधिमा कार्यालयले सम्पादन गरेका कामका साथै आम्दानी र खर्च विवरण र सेवा प्रवाहको यथार्थ विवरणसहित आफ्ना कार्यालयमा काम गर्दा देखापरेका समस्याहरूका विषयमा मातहतका कार्यालय प्रमुखले रिपोर्टिङ गरेका थिए। 
 

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १९:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया