माओवादी नेता वर्षमान पुन आज स्वदेश फर्किँदै

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन आज स्वदेश फर्किँदै छन् ।

उपचारकाे क्रममा चीन पुगेका पुन आफ्नी श्रीमती ओनसरी घर्तीका साथ आज बेलुका ८ बजे स्वदेश फर्किन लागेका हुन् ।

गत असाेजमा शरीरमा जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेपछि उपचारका लागि पुन थाइल्यान्ड गएका थिए । थप उपचारका लागि उनी थाइल्यान्डबाटै चीन पुगेका हुन् ।

थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका पुन डिस्चार्ज भइसकेका छन् । वर्षमानका स्वकीय सचिव सन्ताेष पुनका अनुसार अहिले उनी पूर्ण रूपमा स्वस्थ भइसकेका छन् ।

पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौँ महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

पुन महासचिवका प्रबल दाबेदार हुन् । उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार ११:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया