२० जना प्रेमीले उपहार दिएको आइफोन बेचेर चिनियाँ युवतीले किनिन् घर

एजेन्सी– घर किन्न मान्छे दिनरात मेहनत गरेर पैसा कमाउँछन् । तर सबैले मेहनतले कमाएको पैसाले नै घर बनाएका भने होइनन् ।

कतिपय मान्छेले छोटो समयमा घर किन्न जुक्ति निकाल्छन् । चीनमा यस्तै एउटा घटना भएको छ । जुन तपाईंलाई पत्यार नलाग्न सक्छ ।

चीनमा कलेज पढ्ने सायली नामकी एक युवतीलाई घर किन्नैपर्ने भयो । तर उनीसँग पैसा थिएन । त्यसपछि उनले आफ्नो दिमागलाई कसरत दिइन् । घर किन्नका लागि उनले अपनाएको तरिका बडो अचम्मको छ ।

याे केही पहिलेकाे कुरा हाे । सायलीले सबैभन्दा पहिले एकपछि अर्को गर्दै २० जना ब्यायफ्रेन्ड बनाइन् र प्रत्येकसँग एउटा आइफोन–७ लिइन् । ब्वायफ्रेन्डले दिएको गिफ्ट अन्य गर्लफ्रेन्डले भए आफैंले चलाउँथे होला । तर उनको उद्देश्य त अर्कै थियो ।

त्यसपछि उनले २० जना ब्वायफ्रेन्डले दिएको २० वटा आइफोन–७ लाई रिसाइक्लिङ प्लान्टमा १७ हजार ८ सय १५ डलर अर्थात् १९ लाख ५९ हजार ६ सय ५० मा बेचिन् र सोही रकमले घर किनिन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार सायलीका आमा–बाबुको उमेर ढल्किसकेकाले उनीमाथि घर किन्नुपर्ने दबाब थियो ।

तर उनी एक साधारण परिवारको भएकाले यति छिटो घर किन्न सम्भव नेदेखेर उनले यस्तो चलाखी गरिन् । सायलीको यो तरिका अहिले चीनको माइक्रोब्लगिङ साइट बिइबोमा भाइरल भइरहेको छ ।



कतिपयले सायलीको आइडियाको तारिफ गरिरहेका छन् भने कतिपयले उनका ब्वायफ्रेन्डलाई बेवकुफ भनिरहेका छन् । केहीले लाजमर्दो भनेर पनि सायलीको आलोचना गरेका छन् । तर यी सबैबाट बेखबर सायली आफ्नो नयाँ घरमा मस्त छिन् ।



  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार २१:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया