शिल्पा शेट्टीलाई १५ वर्षपछि सफाइ
फाइल तस्बिर

भारतीय अभिनेत्री शिल्पा शेट्टीले आफूविरुद्ध १५ वर्षदेखि चलिरहेको मुद्दामा राहत पाएकी छिन् । शिल्पा शेट्टीलाई सन् २००७ मा राजस्थानमा भएको एक कार्यक्रममा हलिउड अभिनेता रिचर्ड गेरेले चुम्बन गरेका थिए । त्यसपछि शिल्पा शेट्टीमाथि सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोपमा मुद्दा दायर भएको थियो । वर्षौंपछि यस मुद्दामा अदालतले शिल्पालाई सफाइ दिएको छ ।

मेट्रोपोलिटन मजिस्ट्रेट केतकी चव्हाणका अनुसार शिल्पा शेट्टीले घटनालगत्तै आफ्नो स्थिति स्पष्ट पारेकी थिइन् । प्रहरीको प्रतिवेदन र पेस गरिएका कागजपत्रलाई मजिस्ट्रेटले विचार गरेपछि शिल्पामाथि लागेको आरोप निराधार भएको पाइएको र उनलाई माफीका साथै सफाइ दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २००७ मा राजस्थानमा भएको घटनापछि अश्लीलता फैलाएको आरोपमा शिल्पा शेट्टीविरुद्ध राजस्थानमा दुई र गाजियाबादमा एउटा मुद्दा दर्ता गरिएको थियो । यसपछि शिल्पा शेट्टीले मुद्दालाई मुम्बईमा ट्रान्सफर गर्न याचिका दायर गरिन् । उनको याचिका सर्वोच्च अदालतले २०१७ मा स्वीकृत गरेको थियो ।

सन् २००७ मा शिल्पा शेट्टीले राजस्थानमा एड्सबारे जनचेतना फैलाउन आयोजित एक कार्यक्रममा भाग लिएकी थिइन् । उक्त कार्यक्रममा अभिनेता रिचर्ड गेरेले शिल्पा शेट्टीलाई सार्वजनिक रूपमा चुम्बन गरेका थिए । त्यसबेला यो विषयलाई लिएर निकै विवाद भएको थियो र भारतीय अदालतले शिल्पा शेट्टीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको थियो ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार २१:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया