अत्यावश्यक परे मात्रै पासपोर्ट नवीकरण गर्न दूतावासको आग्रह
फाइल तस्वीर

अत्यावश्यक काममा मात्रै एमआरपी पासपोर्ट नवीकरण गर्न कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ । कतारस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै यहाँ कार्यरत सबैलाई सामान्य अवस्थामा एमआरपी पासपोर्ट नवीकरण नगर्न भनेको हो ।

दूतावासमार्फत छिट्टै नै ई-पासपोर्ट प्रदान गर्ने तयारी भइरहेको भन्दै दूतावासले अत्यावश्यक अवस्थाबाहेक एमआरपी पासपोर्ट नवीकरण नगर्न र केही समय कुरेर ई-पासपोर्ट नै लिन दूतावासले अनुरोधसमेत गरेको छ।

केही महिना पासपोर्टको म्याद हुनेले केही समय कुरेर विद्युतीय राहदानीकै लागि आवेदन दिन दूतावासले अनुरोध गरेको छ । विद्युतीय राहदानी आवेदनको व्यवस्था १ महिनाभित्र गराउने गरी तयारी गरिरहेको दूतावास स्रोतले जनाएको छ ।
 
पुरानो पासपोर्टको म्याद सकिइसकेको, तुरुन्तै नेपाल जान पर्ने, अकामा नवीकरण गर्नुपर्ने भएको अवस्थामा मात्र एमआरपी पासपोर्ट नवीकरण गर्न दूतावासले भनेको हो । 

दूतावासका अनुसार नवीकरणका लागि जाँदा सक्कल पासपोर्ट, पासपोर्टमा आफ्नो फोटो भएको पेज र पेज नम्बर ३१ को फोटोकपी एक एक प्रति र नागरिकताको एक प्रति पनि साथमा लैजान पर्नेछ ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया