मनाङमा मतदाताभन्दा कम जनसंख्या

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार मनाङको जनसंख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्यांक ०७४ को मतदाताको संख्याभन्दा कम  देखिएको हो । 

०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो भने ०७४ को जनसंख्याभन्दा अहिलेको संख्या २५५ ले घटेको देखिएको छ । उक्त  तथ्यांकअनुसार जिल्लाको जनसंख्याभन्दा मतदाता संख्या भने बढी देखिएको छ । ०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता संख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् । 

अहिले सार्वजनिक भएको जनसंख्याभन्दा ९६७ संख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता संख्याभन्दा जनसंख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले संकलन गरेकामध्ये कुनचाहिँ तथ्यांक सही भनेर पहिचान गर्न मुस्किल भएको छ । 

जनगणना अनुसार नार्पाभूमि गाउँपालिकामा ४४२ अर्थात् सबैभन्दा कम जनसंख्या रहेको छ । प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म  र दोस्रो चरणमा गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १७:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया