कतार दूतावासले ३० जनवरीबाट राहदानीको काम स्थगित गर्ने

नेपाली दूतावास कतारले राहदानीसम्बन्धी नियमित कार्यहरु स्थगित गर्ने भएको छ। दूतावासले आज एक सूचना जारी गरी ३० जनवरीबाट  राहदानीसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने जनाएको हो । 

नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी (इ–पासपोर्ट) नेपालमा राहदानी विभाग तथा केही जिल्लाबाट जारी भइसकेको छ । ‘यस कार्यालयबाट पनि केही हप्ताभित्रै जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भइरहेको छ,’ दूतावासले भनेको छ।

यस कार्यका लागि नयाँ प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारीलगायत अन्य कार्यका लागि उल्लेखित मितिदेखि अर्को सूचना जारी नभएसम्म यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरण गर्ने र नयाँ बनाउने कार्य स्थगन गरिएको दूतावासको सूचनामा जनाएको छ।

अबको केही दिनभित्रै विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन लिने कार्य  सुरुवात गरिने र सो कार्यका लागि दूतावासले अर्को सूचना जारी गर्ने बताएको छ।

अत्यावश्यक अवस्था अर्थात् कतार बसाइ अवैधानिक हुने अवस्था आएमा मात्र यन्त्रवाचक राहदानी नवीकरणको लागि आवेदन लिइने जनाउँदै दूतावासले सामान्य अवस्थामा राहदानीसम्बन्धी कुनै पनि आवेदन नलिने बताएको छ।

राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिने कार्यालयले भनेको छ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार २०:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया