नेपाली कथा बोकेको भारतीय फिल्म ‘पाहुना’

काठमाडौं– बलिउड स्टार प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र पाहुना शुक्रबार रिलिज हुँदै छ । 

‘पर्पल पिबल पिक्टर्स’को ब्यानरमा निर्माण भएको ‘पाहुना’ले नेपालबाट ज्यान जोगाउन भागेर भारतको सिक्किम पुगेका तीन बालबालिकाको कथा बोकेको निर्माण पक्षले जनाएको छ । 

माओवादी द्वन्द्वकालमा आशान्तिका कारण तीन नेपाली केटाकेटी आफ्ना बाबाआमा र नेपाल छोडेर आश्रयको खोजीमा सिक्किम पग्छन् । ती तीन पात्रले नेपालबाट सिक्किमसम्म पुग्दा बाटोमा झेलेका अप्ठ्यारा र संघर्षको कथा चलचित्रमा समेटिएको छ । 

चलचित्रमा इसिका गुरुङ, अनमोल लिम्बू, मञ्जु केसी सरिन राई, विनोद प्रधान, उत्तम प्रधान, डिके लेरचा, रुपा तामाङ, महेन्द्र क्षेत्री, बानिता लगुनलगायतको अभिनय छ । 

७ डिसेम्बरदेखि प्रदर्शनमा प्रदर्शन हुन लागेको चलचित्रले केही देशमा प्रिमियर सो गरिसकेको छ । यसले तीनवटा अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारिसकेको छ । 

चलचित्रको निर्देशन पाखी ट्यारीवालाले गरेकी हुन् ।
 





  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार १८:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया