नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले देशव्यापी रूपमा सुरुवात गरेको सप्ताहव्यापी रक्तदान अभियानअन्तर्गत आज जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कोरोना संक्रमणका कारण उत्पन्न रगत अभाव पूर्तिका लागि गत बुधबारदेखि देशव्यापी रूपमा रक्तदान अभियानको सुरुवात गरिएको हो ।
अभियानअन्तर्गत आइतबार युवा संघको धनुषा जिल्ला कमिटीद्वारा स्थानीय जनकचोकमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको बताइएको छ ।
अभियानअन्तर्गत रक्तदान कार्यक्रममा सहभागीलाई हौसला प्रदान गर्दै युवा संघका मधेस प्रदेश अध्यक्ष जानी खानले राम्रा कामका लागि सधैं अगाडि बढ्न युवालाई शुभकामना दिए ।
उनले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको र सधैं सकारात्मक कामका लागि युवा संघ अगाडि बढ्ने बताए ।
जनकपुरधाममा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।