काजल अग्रवालले पाइन् युएईको गोल्डेन भिसा

भारतीय अभिनेत्री काजल अग्रवालले युएईको गोल्डेन भिसा प्राप्त गरेकी छन् ।

अभिनेत्री अग्रवालले आज सामाजिक सञ्जालमार्फत आफूले युएईको गोल्डेन भिसा प्राप्त गरेकोबारे जानकारी दिएकी हुन् ।

उनले युएईको गोल्डेन भिसा पाउँदा आफू अत्यन्त खुसी भएको बनाइन् । उनले आफूहरू जस्ता कलाकारलाई युएईले सधैँ ठूलो हौसला प्रदान गरेको उल्लेख गरेकी छन् ।

'युएईको गोल्डेन भिसा पाएकोमा खुसी छु । हामीजस्ता कलाकारका लागि यो देशले सधैँ ठूलो हौसला दिएको छ । युएईप्रति कृतज्ञ छु र भविष्यको सहयोगका लागी तत्पर पनि' उनले भनेकी छन् ।

यसअघि अभिनेता संजय दत्तले पनि युएईले गोल्डेन भिसा पाएका थिए ।

युएई सरकारले २०१९ मा नयाँ भिसा प्रणालीको घोषणा गरेपछि विदेशी नागरिकलाई युएईमा काम गर्न, अध्ययन गर्न आवश्यकताअनुसार लामो समयको लागि भिसा दिने नियम बनाएको थियो । जसअनुसार गोल्डेन भिसा दिने नियम ल्याएको थियो । यो भिसाको अवधि १० वर्ष हुने बताइएको छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १८:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया