के कारणले निधन भएको हो लता मंगेशकरको ?

भारतकी मसहुर गायिका लता मंगेशकरको निधन भएको छ । स्वर कोकिला भनेर पनि चिनिने ९२ वर्षकी उनको निधन आज विहान भारतको एक अस्पतालमा भएको हो । उनको निधनका कारण भारत पूरै देश शोकमा डुबेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा दुःख व्यक्त गरेका छन् ।

त्यस्तै सामाजिक सन्जालमा पनि लताको निधनको विषयमा निकै धेरै सन्देशहरु लेखिएका छन् । अधिकांशले उनको स्वर र उनले गाएका गीतहरुको स्मरण गरेका छन् ।

लता मंगेशकरको निधनको कारण चाहिँ कोरोनाभाइरस र निमोनिया संक्रमण हो । उनलाई कोरोनाभाइरस संक्रमण देखिएपछि मुम्बईको ब्रिच क्यान्डी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

८ जनवरीमा उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । अस्पताल पुर्याएपछि उनलाई निमोनिया भएको पत्ता लागेको थियो । उनको उपचारमा चाहिँ भारतका वरिष्ठ चिकित्सहरु समेत संलग्न थिए ।

१३ वर्षको उमेरमा सन् १९४२ मा भारतमा उनले गायन करिअर सुरुवात गरेकी थिइन् । उनले विभिन्न भारतीय भाषामा कम्तिमा पनि ३० हजारभन्दा धेरै गीत गाएकी छिन् । सात दशक लामो आफ्नो यात्रामा उनका दर्जनौँ गीत लोकप्रिय छन् ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार ११:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया