पुँजी बजार सुधारको माग गर्दै अनशन

काठमाडौं–  सेयर लगानीकर्ता दबाब समूहले पुँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्जको कार्यालयअगाडि अनशन सुरु गरेको छ । समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् ।

बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पुर्याउन आग्रह गरिएको छ । गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पुँजी बजारमा ल्याउनुपर्ने, सेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, सेयर धितो कर्जाको सीमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याउनुपर्ने, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुपर्नेलगायत सो समूहद्वारा माग गरिएका छन् । 

समूहका प्रतिनिधि नयन बाँस्तोलाले पुँजी बजार विस्तारका लागि नियमनकारी निकायले निर्माण गरेको कार्यविधिलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विगतमा नेप्से १८८१ हुँदा २१ खर्ब रुपैयाँको पुँजी संकलन भएको यो बजारमा हाल नेप्से ११२० मा पुग्दा १३ खर्ब रुपैयाँ पुँजी छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार १४:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया