आर्यन जब आईपीएल अक्सनमा शाहरुखको कालो ब्लेजर लगाएर पुगे...

आईपीएल-२०२२ को मेगा अक्सन दोस्रो दिन बेंगलुरुमा जारी छ । कोलकाता नाइट राइडर्स (केकेआर) का मालिक शाहरुख खानका छोरा आर्यन खान पनि यस पटक लिलामीमा सामेल भएका छन् । गत वर्ष ड्रग्स प्रकरणमा पक्राउ परेपछि आर्यन पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । 

यसैबीच, आईपीएल मेगा अक्सनबाट आर्यन खानको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिरमा आर्यनले आफ्ना पिता शाहरुख खानलाई मनपर्ने कालो ब्लेजर लगाएको देखिन्छ ।

भाइरल भइरहेको आर्यन खानको फोटो हिजो (शनिबार) भएको आईपीएलको पहिलो दिनको लिलामीको हो । आर्यन आफ्ना पिता किङ खानको डोल्से एण्ड गब्बानाको कालो रंगको ब्लेजर, कालो शर्ट र त्यसमा मिल्दो ट्राउजर लगाएका थिए । फ्यानहरूले आर्यनलाई आफ्नो बुबाको स्टाइल पछ्याइरहेको बताएका छन् ।  

आर्यन खानसँगै उनकी बहिनी सुहाना र केकेआरकी सह-मालिक जुही चावलाकी छोरी जान्हवी पनि मेगा अक्सनमा उपस्थित छन् । सुहानाले पनि पहिलो पटक आईपीएलको लिलामीमा भाग लिएकी छिन् ।

लिलामीको पहिलो दिन उनी भाइसँग सेतो रंगको ब्लेजरमा देखिएकी थिइन् । आर्यन-जान्हवीले गत वर्ष आईपीएल लिलामीमा शाहरुख-जुहीको सट्टा केकेआरको प्रतिनिधित्व गरेका थिए । फ्यानहरूले दुवैको तस्बिरलाई शाहरुख–जुहीको तस्बिरसँग तुलना पनि गरिरहेका छन् ।



जुही चावलाले एक दिनअघि आर्यन, जान्हवी र सुहानाको मेगा अक्सन फोटो सेयर गरेर तीन 'स्टार किड'लाई केकेआरमा स्वागत गरेकी थिइन् । शाहरुख, उनकी पत्नी गौरी खान (रेड चिलिज इन्टरटेनमेन्ट), जुही चावला र उनका पति जय (मेहता ग्रुप) कोलकाता नाइट राइडर्सका संयुक्त मालिक हुन् । फ्रान्चाइजीमा रेड चिलिज इन्टरटेनमेन्टको ५५ प्रतिशत र मेहता ग्रुपको ४५ प्रतिशत साझेदारी छ ।



  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार २०:५१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया