आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

आर्मीको जितमा टंक बस्नेत नायक बने । उनले खेलको ६७औँ मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए । 

खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । जितपछि आर्मी ७ खेलबाट १७ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । पराजित ब्रिगेड ब्वाइज समान सात खेलबाट चार अंकसहित तालिकाको ११औँ स्थानमा छ । 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १५:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया