चर्चित बंगाली गायिका सन्ध्या मुखर्जीकाे निधन

भारतकी चर्चित बंगाली गायिका सन्ध्या मुखर्जीको ९० वर्षको उमेरमा निधन भएको छ । उनी २६ जनवरीदेखि काेलकताकाे एक अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वास्थ्य परीक्षण गर्दा कोराेना बाहेक उनमा फोक्सोको संक्रमण पनि देखिएकाे थियाे ।

गत महिना पद्मश्री पुरस्कार अस्वीकार गरेपछि उनी चर्चामा आएकी थिइन् । मुखर्जीकाे निधनमा बंगाली फिल्म जगत शोकमा डुबेको छ ।

त्यतिबेला उनले भनेकी थिइन्, ‘कसैले यसरी पद्मश्री दिन्छन् ? के उनीहरूलाई मेरो बारेमा केही थाहा छैन ? नब्बे वर्षको उमेरमा मैले पद्मश्री लिनुपर्छ ? अब के कलाकारहरूको लागि कुनै सम्मान बाँकी छैन ?’ 

‘जय जयन्ती’ र ‘निशिपदम’ चलचित्रका गीतका लागि सन् १९७१ मा सर्वोत्कृष्ट गायिकाको राष्ट्रिय पुरस्कार जितेकी मुखर्जीलाई राज्य सरकारले २०११ मा बंग विभूषणबाट सम्मान गरेकाे थियाे ।
 





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार ९:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया