‘लाइफ इन एलए’ ९ वैशाखमा रिलिज हुने

अमेरिका र नेपालमा छायाँकन गरिएको फिल्म ‘लाइफ इन एलए’ आउँदो वर्षको वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो ।

फिल्ममा ब्यास विषु विस्सु, आकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसँगै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय छ ।

सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा ब्यास विष्णु र राजेन्द्र ठकुराठी निर्माता तथा संसार सुवेदी कार्यकारी निर्माता छन् । ब्यास इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतीक पौडेलको संगीत तथा प्रताप दास र कविता श्रेष्ठको स्वर, दीपक वलीको एसोसिएट निर्देशन तथा प्रदीप आचार्य र प्रदीप खत्रीको प्रोडक्सन छ ।

भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १३:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया