सुरजित भल्लाले प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदबाट राजीनामा दिए

एजेन्सी– भारतीय अर्थशास्त्री सुरजित भल्लाले प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदबाट राजीनामा दिएका छन् । 

उनले राजीनामा डिसेम्बर १ मा दिएका थिए, तर ११ डिसेम्बरमा ट्वीट गर्दै यो सार्वजनिक गरेको बताएका छन् । 

सुरजित भल्लाले ट्वीटरमा लेखेका छन् –‘मैले प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदको पार्ट टाइम सदस्यबाट राजीनामा दिएको छु । भल्लाले किन राजीनामा दिएको यसको कुनै जानकारी दिएका छैनन् ।’ 

भल्लाको राजीनामाको खवर रिजर्व बैंकका गर्भनर उर्जित पटेलको राजीनामा पछि आएको छ । पटेलले सरकार र आरबीआईबीचको विवाद पछि राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । 

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार परिषदका अध्यक्ष विवेक देबराय हुन् । यो समिति प्रधानमन्त्रीको आर्थिक मामिलासँग जोडिएका विषयमा सल्लाह दिने गर्दछ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १२:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया