रुस र युक्रेनबीच युद्ध भए परिणाम भयावह हुनेछ : एन्टोनियो गुटेराेस

युक्रेन र रुसबीच बढ्दाे त्रासका बीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेराेसले चेतावनी दिएका छन् । 

उनले रुस र युक्रेनबीच युद्ध भएमा निकै विनाशकारी हुने बताए । उनले शुक्रबार म्युनिख सुरक्षा सम्मेलनको उद्घाटन समारोहमा सो कुरा बताएका हुन् ।  यस सम्मेलनमा रुस सहभागी भएकाे थिएन ।

रुसी सेनाहरू युक्रेनको सीमामा तैनाथ छन् । यद्यपि रुसले आक्रमण गर्ने कुरालाई स्वीकार गरेकाे छैन ।

अमेरिका, नेटो देश र पश्चिमी देशहरूले युक्रेनमा रुसले आक्रमण गर्ने आशंका व्यक्त गर्दै आइरहेका छन् । यसैबीच, पूर्वी युक्रेनमा तनावपूर्ण अवस्था छ र  गोलीबारी पनि भएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई रुस र युक्रेन संकटका सम्बन्धमा रुसी आक्रमणबारे चेतावनी दिएका छन् । यसलाई रोक्न माथिल्लो तहबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।

बिहीबार, युक्रेनले पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रको एउटा गाउँमा रसिया समर्थित सेनाले गोलाबारी गरेको आरोप लगाएको छ । 



रुसले युक्रेनलाई नाटाेमा समावेश नगर्न चेतावनी दिँदै आइरहेकाे छ ।
 



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १४:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया