पलबारे सोधपुछ गर्न निर्देशक थापालाई प्रहरीले बोलायो

बलात्कारको किटानी जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले बोलाएको छ । पलको अभिनय रहेको ‘ए मेरो हजुर २’ फिल्मका निर्देशक थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको हो । 

तनहुँ जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी परेपछि पल फरार छन् । पलको खोजीको क्रममा प्रहरीले सोधपुछका लागि थापालाई बोलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनाली बताए ।

उनलाई महानगरीय प्रहरी वृत बानेश्वरले सोधपुछ गर्न बोलाएको हो । पललाई ठाउँको ठाउँ पक्राउ गर्नका लागि प्रहरीले देशभरका प्रहरी युटिनलाई सर्कुलर जारी गरेको छ । यद्यपि उनी पक्राउ परेका छैनन् ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १५:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया