धनगढीमा साहित्य महोत्सव सुरु

कैलालीको धनगढीमा साहित्य महोत्सव सुरु भएको छ । फागुन २१  गतेसम्म आयोजनामा हुने नेपाली साहित्य महोत्सव २०७८ बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । 

सुदूरपश्चिम साहित्य समाजको आयोजनामा महोत्सव भएको हो । महोत्सव सञ्चालक मुल आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताए ।

महोत्सवमा साहित्य, कला, भाषा, संस्कृति, राजनीति र विकास लगायतका विषयमा १६ बढी बहस सत्र सञ्चालन हुने छन् । महोत्सवमा देशभित्रका नेपाली भाषी साहित्यकारहरू गरी दुई सय बढीको सहभागिता रहने छ ।

उपाध्यायले सुदूरपश्चिम प्रदेश देवभूमी भएको हुँदा नेपाली भाषा, संस्कृतिको उद्गमस्थलका रुपमा रहेको यो प्रदेशलाई विश्वसामु कुन रुपमा चिनाउने बताए । उनले सुदूरपश्चिम भाषा र साहित्यको धनी तथा सुसभ्य प्रदेशका रुपमा स्थापित गर्न सबैमा आग्रह गरे ।

समाजका अध्यक्ष जोशीले भने, ‘यो हामीतपाईं सबैको कार्यक्रम हो, त्यसैले यसलाई सफल बनाउन सबैको योगदानको आवश्यकता छ ।’ सुदूरपश्चिम प्रदेश, नेपाली भाषा, संस्कृतिलाई चिनाउने निकै महत्वपूर्ण अवसरका रुपमा महोत्सव रहेको उनले जनाए । 

‘नेपाली भाषा तथा संस्कृतिको माउथलो सुदूरपश्चिम प्रदेशमा विश्वभरीका नेपाली भाषी साहित्यकारहरूको सहभागितामा साहित्यिक महोत्सव हुनु सबैका लागि गौरवको विषय हो’, उनले भने ‘यसरी वेला–वेला हुने साहित्य महोत्सवले यहाँको भाषा, कला र संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्ने छ ।’



अध्यक्ष जोशीका अनुसार कोरोना महामारीका कारण दुई वर्ष साहित्य महोत्सव हुनसकेको थिएन । यस पटकको साहित्य महोत्सवको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश सरकार तथा प्रवर्द्धकमा धनगढी उपमहानगरपालिका रहेका छन् ।

त्यस्तै, प्रदेशका ३७ वटा स्थानीय तह र दुईवटा अस्पताल पनि प्रवर्द्धकका रुपमा रहेका छन् । तीन दिनसम्म चल्ने महोत्सवमा भाषा, साहित्य, संस्कृति, विकासका सवालमा १६ वटा परिसंवाद कार्यक्रम हुनेछन् ।



त्यस्तै, साहित्य महोत्सवमा गजल सन्ध्या, सुदूरपश्चिमको मौलिक देउडा, काव्य प्रार्थना, सङ्गीत साँझ कार्यक्रम पनि प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

महोत्सवमा विभिन्न ठाउँबाट दुई सय बढी साहित्यकारको उपस्थिति रहेको छ । उनीहरुको उपस्थितीमा थुप्रै काव्य गोष्ठी पनि सञ्चालन हुने आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष जोशीले बताए ।

गजल साँझ, सांगीतिक साझलगायतका कार्यक्रमको पनि आयोजना गरिएको उनले बताए । यसअघि २०७६ सालमा धनगढीमै विश्व नेपाली साहित्य महोत्सव आयोजना भएको थियो ।

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १७:३५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया