मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी क्लब पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा भारतीय टोली दिल्ली फुटबल क्लबमाथि २–१ को पुनरागमन जित निकालेको हो । 

धनगढी रंगशालामा सम्पन्न खेलमा ६७औं मिनेटमा कृष्णाले गोल गर्दै दिल्लीलाई अग्रता दिलाएका थिए । तर, ७७औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई खेलमा फर्काएका थिए । यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा विमल रानाले गोल गरेपछि मनाङले २–१ को जित निश्चित गर्यो ।

खेलको म्यान अफ दी म्यान मनाङका अञ्जन चुनिए । उनले नगद १० हजार प्राप्त गरे ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता छ । 

आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब छन् । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलकिपर, रक्षक, मिड्फिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले नगद २५ हजारका दरले  प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार २०:१९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया