मारिउपोलबाट मानिसहरूलाई बाहिर जान रोकियो, रुसले बमबारी जारी राखेको आरोप
EPA

अस्थायी युद्धविरामको घोषणा भए पनि मारिउपोलबाट मानिसलाई बाहिर निकाल्ने प्रक्रिया स्थगित भएको छ । मारिउपोल नगर परिषदले यसले रुसी पक्षले अस्थायी युद्धविरामको पालना नगरेको बताएको छ ।

उसले सर्वसाधारण नागरिक तितरबितर भएर लुक्ने ठाउँ खोज्न आग्रह गर्दै थप जानकारी छिट्टै सार्वजनिक गरिने बताए ।

यसअघि मारियुपोलका उपमेयरले रुसले युद्धविरामको घोषणा गरेपछि पनि आक्रमण जारी रहेको बताएका थिए । मारिउपोलमा अझै पनि विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएको छ ।

'रुसीहरूले हामीमाथि बमबारी गरिरहेका छन् र गोली हानिरहेका छन्,' मारियुपोलका डेपुटी मेयर सेरेई ओर्लोफले बिबीसीलाई भने, 'मारिउपोलमा युद्धविराम छैन र निकासी मार्गमा पनि युद्धविराम छैन । नागरिक जान तयार छन् तर बम विस्फोटका बीचमा जान सक्दैनन् ।"

रुस र युक्रेनबीच जारी युद्धको दशौं दिन रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको थियो । यो युद्धविराम मारियुपोल र भोल्नोभाखा शहरमा रहेका मानिसहरूलाई बाहिर निकाल्नका लागि रहेको बताइएको थियो ।

रुसी रक्षा मन्त्रालयले शनिबार बिहान ७ बजेदेखि मारिउपोल र भोल्नोभाखाका लागि मानवीय करिडोर खोलिने जनाएको थियो । यस समयमा मानिस शहर छोड्न सक्ने बताइएको थियो ।



यद्यपि, मारिउपोलको नगर परिषदले अहिले मानवीय करिडोर सकिने जापोरिझिया क्षेत्रमा अझै लडाइँ जारी रहेको बताएको छ ।



  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १८:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया