बजारमा नक्कली रिचार्ज कार्ड बिक्री, टेलिकमले भन्याे- सचेत रहनू

नेपाल टेलिकमले बजारमा नक्कली रिचार्ज कार्ड बिक्री भइरहेको पाइएकाले सतर्क रहन आग्रह गरेको छ । अनाधिकृत रिचार्ज कार्ड बिक्री भइरहेको सूचना आएकाले सतर्क रहन टेलिकमले सर्वसाधारणलाई अनुरोध गरेको हो ।   

टेलिकमले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, एनटी फाइबर आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ ।

टेलिकमले कागजमा प्रिन्ट भएर आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त ई–पिन तथा एमपोसमार्फत समेत रिचार्ज सेवा दिँदै आएको छ ।   





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ९:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया