दैलेख एमाले अधिवेशन : मतदान जारी
फरकधार / २ चैत, २०७८
फाइल तस्वीर

नेकपा एमाले दैलेखको सातौं अधिवेशनअन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएकाे अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।



बिहान आठ बजे सुरू भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेकाे नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मत परिणाम आजै आउने छ ।’

अधिकांश स्थानीय  तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)संख्या सात सय २१ रहेको छ । अघिल्लो पटककाे मतदानमा सात सय १७ मत खसेको थियो । तर, मतपेटिका खोलेर गन्दा सात सय ४८ मत भेटिँदा मतगणना रद्द गरिएको थियो ।



नेकपा एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नम्वर २ बाट सूर्यबहादुर शाही रहेका छन् भने क्षेत्र नम्वर १ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेको अध्यक्ष शाहले जानकारी दिए ।



  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १४:५४:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया