पुटिन किन तटस्थ युक्रेन चाहन्छन् ?

सन् १९९१ मा सोभियत संघ विघटन भएपछि युक्रेनले स्वतन्त्रता प्राप्त गर्‍यो । त्यसपछि युक्रेन विस्तारै युरोपेली संघ र नेटोसहित पश्चिमा राष्ट्रहरूतर्फ मोडियो ।

रुसका राष्ट्रपतिले सोभियत सङ्घको विघटनलाई ‘ऐतिहासिक रुसको पतन’ को रूपमा हेर्दै त्यसलाई उल्टाउने लक्ष्य राखेका छन् ।

उनले रुसी र युक्रेनीहरू एकै मानिस भएको दाबी गरेका छन् । ‘युक्रेनमा वास्तविक राज्यको हैसियतले कहिल्यै कुनै परम्परा थिएन,’ उनले युक्रेनको इतिहासलाई अस्वीकार गरेका छन्।

सन् २०१३ मा उनले युक्रेनका रुस समर्थक नेता भिक्टर यानुकोभिचलाई युरोपेली संघसँग सम्झौता नगर्न दबाव दिए । फलस्वरूप सन् २०१४ को फेब्रुअरीमा युक्रेनलाई संघको अधिकारबाट हटाउने प्रदर्शन प्रेरित भयो ।

सन् २०१४ मा रुसले युक्रेनको दक्षिणमा रहेको क्राइमिया कब्जा गर्‍यो । र, युक्रेनी फौजविरुद्ध आठ वर्षदेखि युद्धरत पृथकतावादीहरूलाई सहयोग गर्‍यो । जसमा १४,००० ले ज्यान गुमाएका थिए ।

दुई देशबीच युद्धविराम भएको थियो । सन् २०१५ मा गरिएको मिन्स्क शान्ति सम्झौता कहिल्यै लागू भएन । आक्रमणपूर्व राष्ट्रपति पुटिनले शान्ति सम्झौतालाई च्यातिदिए । र, रुस समर्थित दुई भूमि लुह्यान्स्क र डोनेट्स्ककालाई युक्रेनबाट अलग्गै दुई स्वतन्त्र साना मुलुकको मान्यता दिए ।



उनले सेना पठाउँदा नेटोलाई ‘​राष्ट्रको रूपमा हाम्रो ऐतिहासिक भविष्य’​ लाई खतरामा पारेको आरोप लगाए । कुनै आधारबिना नेटोका सदस्य राष्ट्रहरूले क्राइमियामा युद्ध सुरु गर्न चाहेको दाबी गरे ।

युद्ध अन्त्यका लागि कुनै उपाय छ ? 



युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइल पोडोल्याकका अनुसार रुसी सेना यथास्थितिमा फसेका कारण आगामी दिनमा युद्धविराम हुने सम्भावना छ । वार्ताका लागि भएको प्रगतिबारे दुवै पक्ष सकारात्मक रहेको र रुसका राष्ट्रपतिले आफ्ना मागहरू लचिलो बनाएको पोडोल्याकले बताएका छन् ।

युद्धको सुरुवातमा पुटिनले युक्रेनले क्राइमियालाई रुसको भागको मान्यता दिनुपर्ने र पृथकतावादीद्वारा सञ्चालित पूर्वीय भागको स्वतन्त्रतालाई मान्यता दिनु पर्ने बताएका थिए ।

नेटो र ईयूमा सामेल नहुने निश्चित गर्न युक्रेनले आफ्नो संविधान नै बदल्नु पर्ने हुन सक्थ्यो । क्राइमियाको भविष्यको स्थिति र रुस समर्थित राज्यहरू लुहान्स्क र डोनेट्स्कको समस्या अझै पनि समाधान हुन सकेको छैन ।

तर दुई पक्षहरू भविष्यमा यी मुद्दालाई सम्बोधन गर्ने सहमति भएको खण्डमा ती क्षेत्रहरूले सम्झौता तोड्न सक्दैनन् । अहिले रुसले युक्रेनको नेतृत्वलाई हटाउन नसक्ने र बेलारुसमा जस्तै कठपुतली सरकारले प्रतिस्थापन गर्न सक्दैन भनेर स्वीकारेको देखिन्छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको सुरुवातमा भनेका थिएः ‘दुस्मनले मलाई प्रहारको पहिलो लक्ष्य बनाएको छ। त्यसपछि मेरो परिवार उनीहरूको लक्ष्य हो ।’

‘मलाई लाग्छ पुटिनले अझै सीमित सूची स्वीकार गर्नुपर्ने हुन्छ,’ विश्लेषक तातियाना स्टानोवाया भन्छिन् । किनकि रुसले जुन दुई ईयू सदस्य राष्ट्रहरू अस्ट्रिया र स्वीडेनमा जस्तै,आफ्नै सेना र नौसेनासहित ‘तटस्थ, असैनिकीकृत’ युक्रेनको परिकल्पना गरेको छ ।

अस्ट्रिया तटस्थ छ तर स्वीडेन छैन । वास्तवमा स्वीडेन असंलग्न राष्ट्र हो र नेटोको सैन्य अभ्यासहरूमा सहभागी हुन्छ । रुसले असल निष्ठासहित वार्ता गरिरहेको छ भन्ने कुरामा सबैलाई विश्वास छैन । –पल किर्बी/बीबीसी   

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १०:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया