बलिउड चलचित्र ‘रनवे ३४’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अजय देवगन व्यावसायिक पाइलटको भूमिकामा रहेको देखाइएको छ । ट्रेलरमा उनले खराब मौसममा ३५ हजार फिटको उचाइमा उडानका यात्रुको ज्यान बचाइरहेको दृश्य देख्न सकिन्छ ।
फिल्ममा अजयका अलावा रकुलप्रीत सिंह महिला पाइलटको भूमिकामा छन् । योसँगै अमिताभ बच्चन वरिष्ठ अधिकारीको भूमिकामा छन् । सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अजयले लेखेका छन्, ‘सत्य जमिनबाट ३५ हजार फिट माथि लुकेको छ ।’
यो फिल्मबाट अजय निर्देशकको रूपमा डेब्यु गर्दैछन् । फिल्म २९ अप्रिल २०२२ मा इदको अवसरमा रिलिज हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।