राष्ट्र बैंकको दबाबपछि बचतको ब्याजदर अब साढे ६ प्रतिशतमात्रै !

काठमाडौं– वाणिज्य बैंकहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चेतावनी दिँदै ब्याजदरमा अंकुश लगाएको छ । राष्ट्र बैंकले सबै वाणिज्य बैंकका सिइओहरुलाई बोलाएर मुद्दती तथा बचत खाताहरुका लागि ब्याजदरमा सीमा तोकिदिएको हो । 

राष्ट्र बैंकले तोकेको सीमाअनुसार अब बैंकहरुले बचतमा साढे ६ प्रतिशतमात्र ब्याज दिने छन् । व्यक्तिगत मुद्दती खाताका लागि भने ब्याजदर ९.२५ प्रतिशत नकटाउन र संस्थागत मुद्दतीका लागि ८ प्रतिशत मात्र ब्याजदर निर्धारण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकको यो निर्देशनपछि बैंकका सिइओहरुले ब्याजदर घटाउनेमा सहमति जनाएका छन् । यसअघि उनीहरुले निक्षेपमा ११ प्रतिशतसम्म ब्याजदर कायम गर्ने सहमति गरेका थिए । 

तर, केही समययता तरलता अभावको कारण देखाउँदै केही बैंकहरुले साढे १३ प्रतिशतसम्म ब्याज दिने भन्दै आक्रामक प्रचार गरिरहेका थिए । राष्ट्र बैंकले ब्याजदरको सीमा तोकिदिएपछि बैंकर्सहरुले तरलता समस्या झन् लम्बिने बताएका छन् । 

बैंकहरुले आक्रामक प्रचार गर्दै प्रतिस्पर्धात्मक रुपमा १३ प्रतिशतभन्दा धेरै ब्याजदर घोषणा गर्न थालेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक अध्ययन समिति बनाएका थिए ।





  • प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार ०:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया