एमाले अध्यक्ष ओली कालिकोट प्रस्थान

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कालिकोटतर्फ प्रस्थान गरेका छन् ।

बिहीबार बिहान दैलेखको दुल्लु नगरपालिका पुगेका ओली कार्यकर्तासँगको भेटघाटपछि कालिकोटतर्फ प्रस्थान गरेका हुन् ।

बिहीबार नै कालिकोटको मान्म र जुम्लाको सिँजा उपत्यकामा ओलीले कार्यकर्ता सम्बाेधन गर्ने कार्यक्रम रहेको दुल्लु नगरपालिका दैलेखकी उपप्रमुख विष्णु थापाले जानकारी दिइन् ।

जुम्लाको सिँजामा नेकपा विप्लव समूहका नेता राज्य समिति सदस्य रामप्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश ‘ख’ का उपसभापति दानसिंह खत्री लगायतका सयौं नेता कार्यकर्तालाई एमाले भित्राउने कार्यक्रम छ । 

यसका साथै कालिकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यसहित चार सयभन्दा बढी नेता कार्यकर्तालाई एमालेमा प्रवेश गर्नेलाई ओलीले स्वागत गर्ने समेत कार्यक्रम रहेको थापाले बताइन् ।
 





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १३:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया