राष्ट्रिय सभा सदस्य दाहालको सपथ ग्रहण मंगलबार

राष्ट्रिय सभा सदस्यमा मनोनित नारायणप्रसाद दाहालको सपथ ग्रहण मंगलबार हुने भएको छ । 

संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा भाेलि बिहान ११ बजे सपथ ग्रहण हुने भएको हो । 

दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । ​पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो । 

मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन् । 

बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ माघमा चार वर्षे कार्यकाल पूरा भएको थियो । १९ जनाको स्थानमा निर्वाचन भएको र १८ जना पाँच दलीय गठबन्धनको र एकजना एमालेबाट निर्वाचित भइसकेका छन् । 

उनीहरूले यसअघि नै सपथ ग्रहण गरिसकेका छन् । तर, बिडारीको स्थानमा भने मनोनीत हुन बाँकी थियो । सोही स्थानमा दाहाल मनोनित भएका हुन् । 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १६:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया