एकीकृत समाजवादीका दैलेख सचिव एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादीका दैलेख जिल्ला सचिव मानबहादुर खड्का नेकपा एमालेमा फर्किएका छन् ।

२०४६ सालदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएका खड्का एमाले विभाजनपछि एकीकृत समाजवादीका दैलेख जिल्ला सचिव बनेका थिए ।

शुक्रबार एमाले दैलेखको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच खड्कालाई नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी तथा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले पार्टीमा स्वागत गरेका हुन् ।

एमालेमा फर्किएका नेता खड्काले पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीको जिल्ला सचिवको रूपमा रहेर काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् । 

कम्युनिस्ट आन्दोलनको रक्षा, पार्टी एकताको सुदृढीकरण र जनताको पक्षमा आफूलाई समर्पित गर्न नेकपा एमालेमै फर्किएको उनले बताए । 

नेता खड्काले पार्टी विभाजनपछि नेकपा एमालेभन्दा बाहिर रहेका सबै नेता कार्यकर्तालाई पार्टी एकता र कम्युनिस्ट आन्दोलनका रक्षाको लागि नेकपा एमालेमा गोलबन्द हुन आह्वानसमेत गरेका छन् ।



खड्को पार्टी पुनर्मिलन कार्यक्रममा दैलेख एमालेका नेताहरू नन्दकिशोर बस्नेत, दानबहादुर थापा, चन्द्रा रेग्मी, याम नारायण उपाध्याय, शान्तिप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।



  • प्रकाशित मिति : वैशाख २, २०७९ शुक्रबार १६:२४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया