जनकपुरधाममा कांग्रेसी कार्यकर्ताले सभापति देउवाविरुद्ध गरे नाराबाजी

जनकपुरधाममा नेपाली कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । स्थानीय मुरलीचोकमा कांग्रेसका कार्यकर्ताले गठबन्धनको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् ।
 
आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दलहरुबीच जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै जनकपुरधाममा कांग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका हुन् । 

गठबन्धनले पार्टी कार्यकर्ताहरुको भावनासँग खेलबाड गरेको भन्दै उनीहरुले टायर बालेर सभापति शेरबहादुर देउवा र गठबन्धनबिरुद्ध नाराबा गरेका छन् । 

उनीहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेसको दलालसँग गठबन्धन गर्न पाइँदैनलगायत नारासमेत लगाएका थिए ।
 
कांग्रेस जनकपुरधामका नगर कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने अवस्थामा रहे पनि यो पालिका अन्य दललाई दिनु निन्दनीय रहेको बताए । 

केन्द्रीय गठबन्धनले पार्टीका स्थानीय नेता कार्यकर्ताको भावनासँग खेलबाड गरेकोले आफूहरु विरोधमा उत्रेको यादवले बताए ।





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार १९:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया