अदालत र बुद्धिजीवीले काममा अवरोध गरे – मन्त्री बाँस्कोटा

काठमाडौं– सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सरकारले नवीन काम गर्न खोजे पनि अदालत र बुद्धिजीवीले अवरोध गरिरहेको बताएका छन् ।

राजधानीमा शनिबार सम्पन्न क्यान फेडरेसनको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले ‘सरकारले घोषणा गरेका नवीन काममा अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको’ बताएका हुन् ।

आफ्नो क्षेत्राधिकार मिचेर ‘विरोध र अवरोध’ गर्नेहरुले सरकारालाई काम गर्न अप्ठ्यारो पारेको उनको आरोप छ । सम्बन्धित र सरोकारवाला  निकायले आफ्नो जिम्मेवारी नबुझी अर्काको क्षेत्राधिकार मिच्ने गरेकाले समस्या उत्पन्न भएको उनले गुनासो गरे ।

मन्त्री बाँस्कोटाले केही अप्ठ्याराहरु रहे पनि डिजिटल नेपालको लक्ष पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए । नीजी क्षेत्रसँग सहकार्य गर्दै सरकारले ५ वर्षे कार्ययोजनाका साथ डिजिटल नेपाल अभियान अघि बढाउने उनले बताए । 





  • प्रकाशित मिति : पुस १४, २०७५ शनिबार १७:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया