मोरङमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयर उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ ।

उनको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा कारमा शुक्रबार बिहान करिब २ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।  

प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डे रहेका छन् ।

उम्मेदवार गौतमले यही ३० गते हुन लागेको स्थानीय निर्वाचनको प्रचारप्रसारका क्रममा पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर कार प्रयोग गर्दै आएका थिए ।   





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार ९:१५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया