साउदीका राजा सलमान अस्पताल भर्ना

साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । राजा सलमानलाई अस्पताल भर्ना गरिएको साउदीका सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

राजा सलमानको स्वास्थ्यको बारेमा धेरै अड्कलबाजी गरिएको छ, तर आधिकारिक रूपमा ती अनुमानहरूबारे कुनै बयान जारी गरिएको छैन ।

सन् २०१५ मा राजा सलमानको राज्याभिषेक भएको थियो । साउदी अरबका राजा सलमान विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देशका शासक हुन् । उनलाई शनिबार जेद्दास्थित किंग फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

यस सम्बन्धमा जारी गरिएको एक आधिकारिक विज्ञप्तिमा उनलाई केही स्वास्थ्य परीक्षण गर्न अस्पताल भर्ना गरिएको उल्लेख छ ।

यद्यपि, यो जानकारी सार्वजनिक हुनु आफैँमा एकदमै अनौठो मानिएको छ, किनभने सामान्यतया शाही घरानासँग सम्बन्धित कुनै पनि व्यक्तिगत जानकारी सार्वजनिक हुँदैन ।





  • प्रकाशित मिति : वैशाख २५, २०७९ आइतबार २०:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया