दैलेखेको आठबीसका एमाले मेयर उम्मेदवारको गाडीमा आगजनी

दैलेखको आठबीस नगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट उम्मेदवार रहेका तर्कबहादुर बडुवाल चढ्ने स्कार्पियो गाडीमा आगजनी भएको छ । 

चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्क गरी राखिएको बा १९ च ५५७९ नम्बरको स्कार्पियोमा गएराति अज्ञात समूहले आगजनी गरेको हो ।

चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्याएका थिए । जसकारण गाडीमा ठूलो क्षति भने नभएको बताइएको छ ।  
आगजनीमा संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार ६:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया