सांसद पद थमौतीको माग गर्दै माधव नेपालले दायर गरेको रिटमा सुनुवाइ हुँदै

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सांसद पद थमौती गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । 

सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । एमालेका वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा उनले सांसद पद थमौतीको माग गर्दै रिट दायर गरेका हुन् । 

रिट निवेदकहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि हुन् । हाल नेपालबाहेक रावल पाण्डे र भुसााल एमालेमै छन् । रिटमा नेपालसहितका चार नेताले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर राजनीतिक जीवन नै समाप्त गर्ने दुरासयपूर्ण मनोभावना राखी सांसद पदबाट हटाउन खोजेको रिटमा उल्लेख गरेका छन् । 

रिटमा उनीहरूले २८ फागुन २०७७ तथा ७ चैत २०७७ सँगै ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही निर्णयलाई आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख छ । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए । 

१३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।  त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो । 
 





  • प्रकाशित मिति : वैशाख २९, २०७९ बिहीबार १२:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया