काठमाडौंमा बालेन शाहले कटाए २ हजार मत, स्थापित १२ सय आसपास

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झण्डै दोब्बर मतले अग्रता बनाएका छन् । उनले अहिलेसम्म २०७१ मत प्राप्त गरेका छन् ।  

बालेन्द्रलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी मेयर प्रत्यासी सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन् । अहिले वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना जारी छ । मतगणना राष्ट्रिय सभा गृहमा भइरहेको हो । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ९:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया