तलकोट गाउँपालिकाका तीनवटा वडामा एमालेको विजयी

बझाङको तलकोट गाउँपालिकाका तीनवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । दुई वडामा गठबन्धनलाई पराजित गर्दै एमाले प्यानलसहित विजयी भएको छ । 

जसमा तलकोट–१ मा नेपाली कांग्रेसका रोशन कुँवरले ३५३ मत पाएका थिए भने एमालेबाट रामचन्द्र रावल ३२९ मतले वडाअध्यक्षमा विजयी भएका छन् । 

त्यस्तै, तलकोट–२ मा नेपाली कांग्रेसका अक्कल कुँवरले ३८६ मत पाएका थिए भने एमालेबाट जनक बोहराले ४२८ मत ल्याएर प्यानलसहित विजयी भएका छन् । 

त्यस्तै, तलकोट–३ मा नेपाली कांग्रेसका हर्क रोकायालाई ३७१ मत पाएका थिए भने एमालेबाट रुपेश रोकायाले ३९० मत ल्याएर प्यानल सहित विजयी भएका छन् ।
 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २०:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया