युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

कीर्तिपुरस्थित टीयू  अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा समेटेको थियो । नेपालका लागि पहिलो ओभरको तेस्रो बलमा नै कविता कुँवरले लियोना बर्वीको विकेट लिएकी हुन् । 

युगान्डाका लागि  ओपनर केविन अविनोले ३० बल खेल्दै १५ रन बनाएकी हुन् । अर्की ओपनर लियोना बर्वी भने दोस्रो बलमा नै बोल्ड आउट भएकी थिइन्  । 

तेस्रो क्रममा आएकी निद एम्बाबाजीले ३८ बल खेल्दै ३ चौकासहित २९ रन बनाइन् । यस्तै, फ्राङ्क्लिन नजुम्बोले १२, रिता मुसामालीले १३, रिता न्याङ्गिन्डोले १८ रन बनाइन् । 

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । यस्तै, रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ विकेट लिएका हुन् । नेपाल र युगान्डाबीच पहिलो पटक अन्तरराष्ट्रिय खेल भएको हो । श्रृंखला पाँच खेलको हुनेछ । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १५:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया