सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ ।
सोमबार साँझ सम्पन्न भएको मत परिणामअनुसार गाउँपालिका अध्यक्षमा रामपदारथ साह तेलीले ४ हजार ६६८ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले ३ हजार २७१ मत ल्याएका हुन् ।
यस्तै उपाध्यक्षतर्फ कांग्रेसकै श्यामकला यादव ४ हजार ६१० मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी लोसपाकी गिता देवी रायले ३ हजार ३११ मत ल्याएकी छन् ।
यस्तै, गाउँपालिकामा रहेको सातवटै वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृत केशव गौतमले जानकारी दिए ।
सर्लाहीमा हालसम्म चारवटा पालिकाको अन्तिम परिणाम आएकोमा तीनवटामा कांग्रेस र एउटामा माओवादी केन्द्रले जित हात पारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।