काठमाडौं महानगर अपडेट : प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र (बालेन) शाहको अग्रता जारी रहेको छ ।

हालसम्मको मतपरिणामअनुसार काठमाडौं महानगर प्रमुखको लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका शाहले ११,६३२ मत ल्याएर आफ्नो अग्रता कायम राखेका छन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले ६२५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ५४८६ मत प्राप्त गरेकी छन् । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठ ७१४, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६३३ र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटा ७८ प्राप्त भएको छ ।
    
त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता कायम राखेकी छन् । डंगोलले १०,४७७ मत प्राप्त गरी अग्रस्थानमा रहेकी छन् ।  उनलाई पछ्याइरहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३०४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी विनिता मगैयाले २२०२ र विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३९६ मत प्राप्त गरेका छन ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १६:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया