महोत्तरीको मनरा सिस्वामा कांग्रेसका उम्मेदवार पाण्डेय १७ सय मतले अगाडि

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहन पाण्डेयको अग्रता कायम रहेको छ । पाण्डेयले ५ हजार २३ मत ल्याउँदा जसपाका उम्मेदवार महेन्द्र रायले ३ हजार २९३ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
 
यस्तै, नेकपा एमालेका उम्मेदवार राजेन्द्र साह तेलीले २ हजार ९४ मत ल्याएका छन् भने लोसपाका सञ्जयकुमार सिंहले २ हजार २५ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी शकुन्तला देवीले ५ हजार २७ मत ल्याएकी छन् । जसपाकी निर्मलाकुमारी देवी सिंहले ३ हजार २०७, नेकपा एमालेकी पुष्पा कुमारीले २ हजार १४७ र लोसपाकी रमिता प्रधानले २ हजार ९३ मत प्राप्त गरेकी छन् ।

मनरा सिस्वा नगरपालिकाको वडा नम्बर–१, २, ३, ४, ७, ८, ९ र १० को मतगणना सम्पन्न भइसकेको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १७:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया